६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा



अ+ अ-

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो ।

आर्थिक अभावका कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् । अस्पतालले निःशुल्क शय्या, बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ भने शय्या अभाव हुँदै गएपछि विस्तार गरेको छ । देशको क्यान्सर उपचारको केन्द्र रहेको यस अस्पतालमा सरकारी निकायहरूबाट भुक्तानी पाउन नसक्दा आर्थिक समस्या परेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सरकारका विभिन्न निकायबाट अस्पताललाई रु ४१ करोड ६७ लाख ५० हजार भुक्तानी हुन बाँकी छ । यसमध्ये सबैभन्दा बढी स्वास्थ्य बिमा बोर्डबाट रु २५ करोड ८८ लाख, सङ्घीय सरकारको विपन्न उपचारबापत रु १२ करोड ६७ लाख, विपन्नअन्तर्गत बागमती प्रदेशको रु ६२ लाख २५ हजार, लुम्बिनी प्रदेशको ९९ लाख १८ हजार र गण्डकी प्रदेशको रु १५ लाख नौ हजार भुक्तानी पाउन बाँकी छ ।

भुक्तानी नपाउँदा अस्पतालले तिर्नुपर्ने दायित्व पनि बाँकी रहेको छ । कार्यकारी निर्देशक डा डा पौडेलका अनुसार स्पतालले तलब भत्ता, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषसहित नियमित मर्मतसम्हारलगायत विभिन्न निकायलाई भुक्तान गर्नुपर्ने रु १९ करोड १७ लाख १५ हजार बाँकी छ । यसबाहेक फार्मेसीमा औषधि खरिद गरेको रु. नौ करोड ७७ लाख भुक्तानी गर्न बाँकी छ ।

चालु आर्थिक वर्षमा निवृत्त भएका १८ जना कर्मचारीको रु चार करोड ५७ लाख उपदान रकम अस्पतालले भुक्तानी गर्न सकेको छैन । अस्पतालको मौज्दात खातामा रु आठ करोड २८ लाख रहेको छ । जुन रकम तलब र कर्मचारीको तीन महिनाको पठाउन बाँकी नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा पठाउँदा सकिने अवस्था छ ।

बाँकी भुक्तानी गर्न नसक्दा नियमित अस्पताल सञ्चालनमा कठिनाइ भएको उनले बताए  । उपकरणको नियमित मर्मतसम्हार, अत्यावश्यक खरिद, औषधि खरिद जस्ता कामलाई नियमितता दिन अप्ठ्यारो भएको उनले बताए  ।

अस्पतालमा मासिक तलब भत्ता मात्रै रु पाँच करोड हाराहारी हुने गर्दछ । यहाँ ९५ चिकित्सकसहित ७१३ जना कर्मचारी कार्यरत रहेका छन् ।अस्पताल सञ्चालनका लागि सरकारले कर कोषबाट चालु आवमा रु २४ करोड १७ लाख आठ हजार बजेट दिएको थियो । अस्पतालमा कार्यकार चिकित्सक कर्मचारीका लागि तलब भत्तामा मात्रै वार्षिक रु ६० करोडभन्दा बढी खर्च हुन्छ ।

अन्य अस्पतालकै आम्दानीबाट चल्ने गरेको छ । भौतिक पूर्वाधार र ठूला उपकरण खरिदका लागि सरकारले छुट्टै विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गर्दछ । अस्पतालले हरेक वर्ष सेवासुविधा विस्तारसँगै आम्दानी बढाउँदै लगेको छ ।

पौडेलका अनुसार तीन वर्षअघि वार्षिक रु ४८ करोड आम्दानी गरेको अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा रु ५८ करोड र गत आर्थिक वर्ष २०८१÷०८२ मा रु ७४ करोड ९६ लाख आम्दानी गरेको छ । बिरामीको सङ्ख्या बढेसँगै आम्दानी बढेको हो । आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६६ हजार २००, २०८०÷८१ मा एक लाख ८८ हजार ५१४ र गत आर्थिक वर्षमा दुई लाख नौ हजार ५९४ बिरामीले सेवा लिएका छन् ।

जसमध्ये आर्थिक वर्ष २०७९÷८० मा चार हजार ९७ जनाको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा चार हजार १६५ र गत आर्थिक वर्षमा ६ हजार बढी शल्यक्रिया भएका छन् । अस्पतालमा अत्यावश्यक मानिएको सिटी गरिएको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्षमा १३ हजार ४७९ जनाले सिटी गरेका छन् ।

यो सङ्ख्या २०८०÷८१ मा १२ हजार ३९० र २०७९÷८० मा १० हजार ९२० रहेको थियो । गत वर्षदेखि सुरु गरिएको मेमोग्राम ९५१ जनाले सेवा लिएका छन् । अस्पतालमा दैनिक एक हजार दुई सय हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । क्यान्सर बिरामीका लागि दिईने डे केयर सेवामा १३ शय्या थप गरिएको छ ।

यससँगै तीन वर्षअघि २० हजार ३५४ जनाले एक वर्षमा यो सेवा लिएकोमा गत आर्थिक वर्षमा २९ हजार ४२१ जनाले सेवा लिएका छन् ।अस्पतालमा दैनिक एक हजार दुई सय हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । क्यान्सर बिरामीका लागि दिईने डे केयर सेवामा १३ शय्या थप गरिएको छ । यससँगै तीन वर्षअघि २० हजार ३५४ जनाले एक वर्षमा यो सेवा लिएकोमा गत आर्थिक वर्षमा २९ हजार ४२१ जनाले सेवा लिएका छन् ।

कार्यकारी निर्देशक पौडेल आफ्नो तेस्रो वर्ष कार्यकाल सकिनै लाग्दा न्यून बजेट र साधनस्रोतमा अधिकतम काम गर्न सफल भएको बताउनुहुन्छ । सेवा सुविधा विस्तार गरेसँगै आम्दानी बढेको भन्दै उहाँले सरकारी निकायबाट आउने भुक्तानी आएमा सञ्चालनमा सहजता हुने बताउँछन्  ।

यही चैत १८ गते अस्पतालका अध्यक्ष डा विजय न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ । जसका कारण अस्पतालको आर्थिक कारोबारमा समस्या भएको छ । उनले सेवाग्राहीको चाहनाअनुसार पूर्ण रूपमा काम गर्न कठिन भए पनि विगतका वर्षको तुलनामा सेवामा निकै सुधार भएको दाबी गरे।