२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबा सभापतिका रुपमा पूर्णबहादुरको बिज्ञप्ति: क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसको पूर्णबहादुर खड्का समुहले पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा वाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न नसक्ने जनाउनु भएको छ ।

आज एक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक बिज्ञप्ति जारी गर्दे कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाण पत्र मात्रै होइन पार्टीको ऐतिहासिक जीवन संग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ- निर्धारित कार्यतालिका भित्र नविकरण गर्न वा नयाँ लिन छुटेका सदस्यहरूको हकमा थप सुविधा दिने कुरा स्वभाविक हुन्छ तर २०८३ वैशाख २८ देखि ३१ गते पन्ध्रौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरण गरिएको छ। पन्ध्रौं महाधिवेशन नै नभइकन फेरी नविकरण गर्ने भन्ने कुरा गर्नु पूर्वाग्रही र आपत्तिजनक छ।

बिज्ञप्तिमा भनिएको छ -पार्टी भित्र र वाहिर देखिएका विभिन्न उतारचढावका वावजुत संयम, धैर्य र अविचलित भई विधानले निर्धारित गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्रनै नविकरण तथा नयाँ सदस्यता लिन चाहाने तर छुटेका साथीहरूलाई समेत उचित अवसर दिई पन्ध्रौं महाधिवेशन सम्पन्न गरिने कुरा स्पष्ट पारिन्छ।

पूर्णपाठ

पार्टीको नियमित पन्ध्रौं महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भूमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्टनै छ।

आम निर्वाचनको मुखैमा पार्टी भित्र मत विभाजन गर्ने कार्य उपयुक्त होइन भनि पन्ध्रौं महाधिवेशन नै निर्वाचन पछि गर्ने गरि २०८३ वैशाख २८ देखि ३१ गते सम्ममा पन्ध्रौं महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने गरि महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधन सहित पारित गरेको सन्दर्भमा तत्कालिन महामन्त्रीहरू आफै उपस्थित भई गरेको निर्णयको भावना विपरित हुने गरि विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्ताहरूको नेतृत्व गर्दै एकपक्षिय उपस्थिती र सहभागितामा आयोजना गरिएको कथित विशेष महाधिवेशन र सोही महाधिवेशनबाट घोषणा गरिएको कार्यसमितिलाई अध्यावधिको नाममा मान्यता दिने गरि बहुमतका आधारमा गरिएको निर्वाचन आयोगको निर्णय नेपाली कांग्रेस पार्टीको विधान, नेपालको संविधान र दल सम्बन्धी कानूनी व्यवस्थाको विपरित भएको र यसले नेपाली कांग्रेसलाई मात्रै गम्भिर अन्याय गरेको छैन बरु नेपालको दलिय व्यवस्थालाई नै कमजोर पार्ने देखिएको भनि न्यायिक निरुपणका लागि हामीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको र सो विषय अहिले पनि सम्मानित सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ।

पार्टीको आधिकारिकता सम्बन्धमा विवाद विचाराधिन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका लागि विधान बमोजिम गरिएको क्रियाशील सदस्यता नविकरण तथा वितरणलाई सार्वजनिक भाषण बाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक संचार माध्यमबाट सम्प्रेषण भएको विषयले हामीलाई आश्चर्यचकित र गम्भिर बनाएको छ।

निर्दलीय निरङ्कुस पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषण मार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन । यो सदस्यता त कुनै नेताको हारजीत संग होइन नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाई, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहिद परिवारको सम्मान संग जोडिएको ऐतिहासिक निस्सा हो।

त्यसैले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु जति वदनीयतपूर्ण छ, २०८३ वैशाख २८ देखि ३१ गते सम्म काठमाडौंमा सम्पन्न हुने गरि पन्ध्रौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भईसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समयसिमा भित्र रहि नविकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरी अध्यावधी गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु झन सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक देखिएकोले पार्टीका शीर्ष नेताहरू, सबै तहका पदाधिकारी सदस्यहरूसंगको गहन छलफल र परामर्शबाट हामी यो निष्कर्षमा पुगेका छौ कि,

क- नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाण पत्र मात्रै होइन पार्टीको ऐतिहासिक जीवन संग जोडिएको योगदान र निरन्तरताको निस्सा हो।

ख- पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा वाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन।

ग- निर्धारित कार्यतालिका भित्र नविकरण गर्न वा नयाँ लिन छुटेका सदस्यहरूको हकमा थप सुविधा दिने कुरा स्वभाविक हुन्छ तर २०८३ वैशाख २८ देखि ३१ गते पन्ध्रौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरण गरिएको छ। पन्ध्रौं महाधिवेशन नै नभइकन फेरी नविकरण गर्ने भन्ने कुरा गर्नु पूर्वाग्रही र आपत्तिजनक छ।

घ- पार्टी भित्र र वाहिर देखिएका विभिन्न उतारचढावका वावजुत संयम, धैर्य र अविचलित भई विधानले निर्धारित गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्रनै नविकरण तथा नयाँ सदस्यता लिन चाहाने तर छुटेका साथीहरूलाई समेत उचित अवसर दिई पन्ध्रौं महाधिवेशन सम्पन्न गरिने कुरा स्पष्ट पारिन्छ।

अत, मुलुक विषम राजनीतिक परिस्थितिमा गुज्रीरहेको बेला पार्टी भित्र वृहत एकता खोज्नुको सट्टा पार्टीलाई थप कमजोर बनाउँने गतिविधी कहि कसैले पनि गर्नु उचित हुँदैन । तसर्थ यस्तो कार्य नगर्न नगराउँन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै, यस्ता अव्यवहारिक तथा आम पार्टी पंक्तिमा भ्रम पार्ने र निराशा सृजना गर्ने खाल्का कृयाकलाप र गतिविधिबाट अलग रहन तथा यस्ता कुनै पनि गतिविधीबाट प्रभावित र विचलित नभई राष्ट्र, जनता र पार्टी हितमा निरन्तर क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तक साथीहरूमा हार्दिक अपिल र अनुरोध गरिन्छ।

जयनेपाल !

तपाईंहरूको
पूर्णबहादुर खड्का
कार्यवाहक सभापति
नेपाली कांग्रेस