३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको सान्दार जित, ११ अंकको अग्रता



अ+ अ-

प्रिमियर लिग फुटबलमा लिभरपुलले सान्दार जित हात पारेको छ । शनिबार राति वर्नेमाउथको घरेलु मैदानमा लिभरपुलले ३–० गोलको जित निकालेको हो । लिभरपुलले प्लेईङ सेटमा सात खेलाडी परिवर्तन गरेसंगै यो जित हात पारेको हो । जोर्डन हेन्डरसनको लामो पासलाई सदुपयोग गर्दै ओक्सलाडे चेम्बर्लिनले ३५ औ मिनेटमा लिभरपुललाई अग्रता दिलाउन फल भएका थिए ।

नाबी केईटाले ४४ औ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए । मोहमद सलाहाले ५४ औ मिनेटमा लिभरपुललाई ३–० को स्थितीमा पुर्याएका थिए । लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३३ खेलसम्म पुर्याएको छ । उसले जारी सिजनमा १६ मध्य १५ खेलमा जित निकालेको छ ।

जित सहित लिभरपुलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ । लिभरपुलको प्रतिद्वन्दी लेस्टरको ३५ अंक रहेको छ । लिभरपुलले ११ अंकको अग्रता सहित ४६ अंक जोडेको छ । वर्नेमाउथ १६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।