५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित



अ+ अ-

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई ३–१ गोल अन्तरको हार चखाएको हो । मोन्टपिलरको मैदानमा १–० ले पछि परेको स्थितिलाई उल्टाउदै पीएसजीले जित निकालेको हो । खेलको ४१ औं मिनेटमा लीन्द्रो पारेडेसलेको आत्मघाती गोलबाट मोन्टपिलरले अग्रता बनाएको थियो ।

खेलको ७२ औं मिनेटमा पेड्रो मेन्डेसले रातो कार्ड पाएपछि मोन्टपिलर १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा पीएसजीले उठायो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । ७६ औं मिनेटमा केलियण एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३१ को जित दिलाए ।जितसँगै पीएसजीले १६ खेलमा ३९ अंक जोडेको छ । र, पीएसजी शीर्ष स्थानमा रहेको छ । २४ अंक जोडेको मोन्टपिलर आठौं स्थानमा रहेको छ ।