३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे र नेयमारको गोलमा पीएसजीको जित



अ+ अ-

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई ३–१ गोल अन्तरको हार चखाएको हो । मोन्टपिलरको मैदानमा १–० ले पछि परेको स्थितिलाई उल्टाउदै पीएसजीले जित निकालेको हो । खेलको ४१ औं मिनेटमा लीन्द्रो पारेडेसलेको आत्मघाती गोलबाट मोन्टपिलरले अग्रता बनाएको थियो ।

खेलको ७२ औं मिनेटमा पेड्रो मेन्डेसले रातो कार्ड पाएपछि मोन्टपिलर १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा पीएसजीले उठायो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । ७६ औं मिनेटमा केलियण एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३१ को जित दिलाए ।जितसँगै पीएसजीले १६ खेलमा ३९ अंक जोडेको छ । र, पीएसजी शीर्ष स्थानमा रहेको छ । २४ अंक जोडेको मोन्टपिलर आठौं स्थानमा रहेको छ ।