५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी हुँदा एक घर जलेर नष्ट



अ+ अ-

सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिनुभयो ।

सो आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पु¥याउन नसक्दा बढी क्षति भएको थियो ।

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । रासस