११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

विद्यार्थीमाथि प्रहरीको सय राउन्ड फाईरिङ्, यसरी भयो कोहलपुर रणभूमिमा परिणत

विद्यार्थीमाथि प्रहरीको सय राउन्ड फाईरिङ्, यसरी भयो कोहलपुर रणभूमिमा परिणत
अ अ+ अ-

स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय फाईरिङ् चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे ६ प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् । पछिपछि आउँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबुछोरी दुईतिर उछिट्टिए ।

बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए । स्कुलनजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्याइयो ।घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरु गरे । विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो, तर दमनको बाटो रोज्यो ।

स्कूलमै गएर दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गर्यो । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गर्न थाल्यो । भिड झन् आक्रोशित बन्यो, थप तोडफोडमा उत्रियो । प्रहरीले हवाई फायर खोल्यो । संयमता गुमेपछि भिडले स्कुल बससहित १३ सवारीसाधन तोडफोड गरे, प्रहरीले ५० हवाई फायर र करिब ५० रबरका फाईरिङ् प्रहार गर्यो । दुवैतर्फबाट ढुंगा हानाहान भयो । आन्दोलित भिडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गर्यो ।

घटनामा २४ भन्दा बढी विद्यार्थी र सर्वसाधारण घाइते भएका छन् । नारायण खत्रीको अण्डकोषमा तथा महेश आचार्य, श्रीकान्त शर्मा र सिर्जन चन्दको तिघ्रामा रबरको गोली लागेको छ । उनीहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कोहलपुर इलाका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीसहित २० भन्दा बढी प्रहरी घाइते भएका छन् । घाइते बालिकाको दाहिने खुट्टा काम नलाग्ने भएपछि काटेर फालियो, थप उपचार काठमाडौंमा हुँदै ट्रकले पेलेको बालिका प्रकृति चन्दको दाहिने खुट्टा काम नलाग्ने भएपछि चिकित्सकहरूले काटेर फालेका छन् ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै उनको खुट्टा फालिएको हो । देब्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ । थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट आइतबार नै काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए । नयाँ पत्रिका दैनिकबाट