४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ

महिला भएकैले पुरुषको सहारा नभई नहुने भनेर समाजले सोचेको छ भन्ने कुरा राख्नु भएको र त्यसकै आधारमा सुशासन बारे दिनुभएको अभिव्यक्ति अलि चित्त बुझ्दो लागेन:सुधा शर्मा

यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ
अ+ अ-

हालै आइरहेको स्वास्थ्य बीमा बोर्डमा मेरो पुनर्नियुक्तिको कुराको बारेमा प्रष्ट रूपमा आफ्नो कुरा राख्न चाहन्छु । यहाँ र मेरो पृष्ठभूमि थाहा नभएर पनि नानाथरि कुराहरू उठिरहेको हुन सक्छ भन्ने लागेर म त्यसबारे पनि केही भन्न चाहन्छु ।

म टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक पढेको हुँ । त्यस विषयमा स्नातक तहमा म त्यहाँको स्वर्ण पदक विजेता थिएँ । त्यसपछि मैले अस्पतालमा काम गरेँ, क्लिनिकमा पनि काम गरेँ । त्यस लगत्तै मैले फेरि जनस्वास्थ्यमा स्नातकोत्तर गरेँ, जसमा पनि म स्वर्ण पदक विजेता नै हुँ ।

सोपश्चात मैले मातृ तथा बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धित विभिन्न संस्थाहरूमा काम गरेँ । कोभिड सम्बन्धित कामहरू पनि गरेँ ।

२०२० मा म युके सरकारको छात्रवृत्तिबाट लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा अध्ययन गर्न गएँ ।

मैले त्यहाँ स्वास्थ्य नीति, योजना र वित्तमा एमएससी अध्ययन गरेँ । त्यस क्रममा मैले विभिन्न देशका स्वास्थ्य प्रणालीहरूको अध्ययन गरेँ।

मैले परामर्शदाताका रूपमा थाइल्याण्डको स्वास्थ्य प्रणाली मूल्याङ्कन गरेको छु । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड अनुसन्धान पनि गरेको छु । मेरो दुवै स्नातकोत्तर अध्ययनका थेसिसहरूमा स्वास्थ्य बीमा सम्बन्धी अनुसन्धान गरेको छु । नेपाल फर्किएपछि पनि म यस विषयमा पठनपाठन गराइरहेको छु ।

स्वास्थ्य बीमा बोर्डमा मेरो नियुक्ति २०८० मङ्सिरमा भएको हो । त्यहाँ मैले आफूले पढेको र अध्ययन गरेको कुरा कार्यान्वयन गर्न सक्छु भन्ने सोचेको थिएँ । त्यहाँ काम गर्दा धेरै राजनीतिक कुराहरू पनि आए । म युवा थिएँ र त्यतिबेला गर्भवती पनि थिएँ । पछि म फेरि लन्डन गएँ । त्यहाँ बस्दा बोर्डको बैठकमा उपस्थित हुन सकिनँ । तर मैले पूर्ण रूपमा जानकारी गराएर नै अनुपस्थित भएको थिएँ ।

पहिला तीनवटा बैठकमा मैले अनलाइन सहभागी भएर आफ्नो राय दिएको थिएँ । चौथो बैठकमा प्राविधिक समस्याका कारणले म्युट भएर बोल्न पाइनँ । पछि हरेक बैठकमा मैले आफ्नो अनुपस्थितिको कारण जानकारी गराएँ । तर पछि इमेल संवाद पनि रोकियो।

नेपाल फर्किएपछि (म फर्केको करिब १०० दिन पनि पुगेको छैन), मैले पुनः निरन्तरता दिन इच्छा व्यक्त गरेँ । वेबसाइटमा पनि मेरो नाम बोर्ड सदस्यका रूपमा कायम थियो । त्यसैले मैले अझै योगदान गर्न सक्छु भन्ने सोचेर आफ्नो रुचि देखाएको थिएँ ।

म अहिले विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टीयरिङ कमिटी सदस्य पनि हुँ । मैले विश्व स्वास्थ्य सभा र कार्यकारी बोर्ड बैठकमा आफ्नो कार्यालयको प्रतिनिधित्व गर्दै आएको छु । त्यहाँ म आँखा स्वास्थ्यको वकालत गर्दै आएको छु । मैले घरेलु स्वास्थ्य वित्तसम्बन्धी प्रस्तावमा पनि मन्त्रालयलाई सुझाव दिएको थिएँ ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्री शाहद्वारा श्रममन्त्री दिपककुमार साह पदमुक्त

मेरो काम, जागिर (वयद)ले मलाई आवश्यक सबै दिएको छ । तर मेरो रुचि वित्त र अर्थशास्त्रमा भएकाले म यस क्षेत्रमा योगदान दिन चाहन्छु ।
मलाई बोर्ड बैठकमा बोलाइयो र म गएँ । तर अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन । हामीले समाजमा महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ । अहिले पनि यस्तो सोच हाम्रो समाजमा छ ।

अन्त्यमा, बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ ।

श्रममन्त्रीबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गर्नुभएको बिचार 

जुना श्रेष्ठको प्रतिक्रिया पछि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले केही प्रश्नहरु उठाउनु भएको छ ।

भर्खरै मैले यो भिडियो हेरें। जुनु श्रेष्ठको शैक्षिक योग्यतामा कुनै शंका छैन- धेरै राम्रो छ। मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिंदै गर्दा उहां मलाई भेट्न आउनु भएको थियो, बीमा बोर्डमा काम गर्ने इच्छा व्यक्त गर्दै। मैले उहांका सबै कुरा ध्यान पूर्वक सुनें र उहांलाई केही प्रश्न हरु सोधें।

१) बीमामा यति धेरै समस्या रहेछन्, बोर्ड सदस्यको हैसियतमा तपाईंले ती समस्या थाहा नपााएको हो कि, वा थाहा पाएर केही समस्या हल गर्ने प्रयास गर्नु भएको थियो ?

२) आगामी दिनमा तपाईंको देश भित्र र बाहिर के कति कमिट्मेन्ट छन्, समयको व्यवस्थापन कसरी गर्नु हुन्छ ?

यी दुवै प्रश्नको उत्तर बाट मेरो निश्कर्ष थियो, उहां आफ्नो अनुकुलतामा मात्र बोर्डलाई समय दिन सक्नु हुने रहेछ। जटिल अवस्थामा रहेको बीमा कार्यक्रममा दत्त चित्त भई लाग्न सक्ने व्यक्तिको आवश्यकता छ।

उहां वा उहांको श्रीमानको राजनीतिक रुझान बारे म अनभिज्ञ थिएं।उहांलाई मोहन बहादुर बस्नेत मन्त्रीज्यूले नियुक्ति दिनु भएको हो भन्नु भएको थियो।

यो भिडियोमा उहाले महिला भएकैले पुरुषको सहारा नभई नहुने भनेर समाजले सोचेको छ भन्ने कुरा राख्नु भएको र त्यसकै आधारमा सुशासन बारे दिनुभएको अभिव्यक्ति अलि चित्त बुझ्दो लागेन।

ऐेनले नै किटान गरेको व्यवस्था अनुरुप लगातार अनुपस्थितिका कारण पदमुक्त भैसकेको , र पहिलेको मन्त्रीले पुन: नियुक्ति नदिईसकेको अवस्थामा इमान्दारिपूर्वक वर्तमान मन्त्रीलाई सबै कुराको जानकारी दिनु भएको भए उचित हुने थियो होला।

बोर्डमा नरहेर पनि उहांले बीमामा सहयोग त गर्ने सक्नु हन्छ नै, र अहिले नियुक्ति पाइसक्नु भएको भए त्यस संस्था प्रति आफ्नो उत्तरदायित्व पूर्ण रुपले पालना गर्नु हुनेछ भन्ने आशाका साथ उहांलाई शुभकामना।