२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरूङ र स्विस राजदूत मेउलीबिच शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत  डेनिएल मेउलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मेउलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ  ।

विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  रासस

(*यसअघि शीर्षकमा गृहमन्त्री लेखक भएकाले क्षमायाचना सहित सच्याइएको छ । सम्पादक)