३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘गोल्डेन गर्ल’ गौरिका: चार स्वर्णसहित ९ पदक नेपाललाई

‘गोल्डेन गर्ल’ गौरिका: चार स्वर्णसहित ९ पदक नेपाललाई
अ+ अ-

काठमाडौं । पौडीमा सनसनी मच्चाइरहेकी १७ वर्षीया गौरिका सिंहले सागमा चौथो स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण चुमिसकेकी गौरिकालाई पौडीको अन्तिम दिन सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन् ।

दीपकले चार संस्करणमा चार वटा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिला सय मिटर फ्रिस्टाइलमा गौरिकाले भारतीय प्रतिस्पर्धीलाई ०.०२ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवांगी शर्माले रजत जितिन् । उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरेकी थिइन् ।यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

जारी प्रतियोगितामा उनको यो नवौं पदकसमेत हो । यसअघि उनले दुई रजत र तीन कांस्य पदकसमेत जितेकी छन् । सोमबार नै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको थियो । उनले यो सागमा ९ वटा इभेन्टमा सहभागी भएकी थिइन् भने सबैमा पदक जित्न समेत सफल भइन् । सागमा सबैभन्दा धेरै पदक जित्ने सूचीमा भने गौरिका दोस्रो स्थानमा रहेकी छन् । उनले १३ औँ संस्करणमा ८ पदक (चार स्वर्ण, २ रजत र ३ कांस्य) र अघिल्लो संस्करणमा १ रजत र ३ कांस्य जितेकी थिइन् ।

उनको कुल पदकको संख्या १२ पुगेको छ । सबैभन्दा बढी पदक जित्नेमा भारोत्तोलनका दिवंगत सुनीललाल जोशी रहेका छन् । उनले सागको ६ संस्करणमा ५ रजत र ९ कांस्य गरी १४ पदक जितेका थिए । सागको नवौँ दिनसम्म आइपुग्दा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । नवौँ दिन थप चार स्वर्ण पदक जित्दै नेपाल तालिकाको दोस्रो स्थानमा यथावत् छ । नेपालले ५३ रजत र ८७ कांस्य गरी १८९ पदक जितेको छ । शीर्ष स्थानमा रहेको भारतको स्वर्ण मात्र १४९ पुगिसकेको छ ।

उसले ८७ रजत र ४३ कांस्य गरी पदक संख्या २७९ बनाएको छ । तेस्रोमा श्रीलंकको ३६ स्वर्ण, पाकिस्तानको ३२ स्वर्ण, बंगलादेशको १९ स्वर्ण र माल्दिभ्सले एक स्वर्ण जितेको छ । भुटानले भने अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । सागको अन्तिम दिन नेपालले भुटानसँग पुरुष फुटबलको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछ । सौर्य दैनिकबाट