२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र इरानबीच दुई साताका लागि युद्धबिराम



अ+ अ-

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई खण्डहर बनाइदिने धम्की बिच अन्तिम समयमा युद्धबिराममा सहमति जनाएका छन् ।

होर्मुज जलमार्ग नि:शर्त खुला नगरे इरानमाथि भयंकर आक्रमण गरिने र त्यसबाट इरान ध्वस्त हुने ट्रम्पले दिएको समयसीमा नेपाली समयअनुसार बुधबार बिहान ५:४५ बजे सकिँदै थियो। त्यसको ठीक १० मिनेटअघि पाकिस्तानको अगुवाईमा युद्धबिराम भएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीसँग भएको वार्तापछि इरान स्ट्रेट अफ होर्मुजबाट जहाजहरूको आवागमन अनुमति दिन सहमत भएसँगै अमेरिका र इरानबीच युद्धविराम लागू भएको ट्रम्पले बताएका छन्।

उनले ट्रुथ सोसलमा भनेका छन्, “म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु।”

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ।

मेहर समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको मध्यस्थतामा भएको भनिएको दुई हप्ते युद्धविराम सम्झौताको पुष्टि गरेको हो।

उक्त सम्झौताले “इरानका लागि विजय” भएको इरानले बताएको छ र स्थायी सम्झौताका लागि वार्ता इस्लामाबादमा गरिने पनि उल्लेख गरिएको छ।

ट्रुथ सोसलमा आफ्नो लामो पोस्टमा ट्रम्पले भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीरसँग भएको कुराकानीका आधारमा उनीहरूले मसँग आज राति इरानमाथि विनाशकारी सैन्य कारबाहीलाई हालका लागि रोक्न अनुरोध गरेका थिए। म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु। तर यो सर्तमा कि इस्लामिक गणतन्त्र इरान होर्मुज जलघाँटी पूर्ण रूपमा, तुरुन्त र सुरक्षित तरिकाले खोल्न सहमत होस्।”

ट्रम्पले यसको कारण बताउँदै भनेका छन्, अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू केवल हासिल मात्र गरेको छैन, त्यसभन्दा अगाडि समेत बढिसकेको छ, र इरानसँग दीर्घकालीन शान्ति तथा मध्यपूर्वमा स्थायी शान्तिका लागि निर्णायक सम्झौताका निकै नजिक पुगेको छ।

इरानतर्फबाट १० बुँदे प्रस्ताव प्राप्त भएको, र त्यसलाई वार्ताका लागि व्यावहारिक आधार मानिएको ट्रम्पले भनेका छन्, अमेरिका र इरानबीच पहिले नै विवादका झण्डै सबै महत्वपूर्ण मुद्दाहरूमा सहमति बनिसकेको छ, तर यी दुई हप्ताको समय सम्झौतालाई अन्तिम रूप दिन र औपचारिक रूपमा लागू गर्नका लागि दिइएको हो।

युद्धविराम घोषणासँगै कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ भने सुन लगायतका बहुमूल्य बस्तुको मुल्यवृद्धि हुन थालेको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका ट्वीटहरू

May be an image of text