१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडोमा पुनमले दिलाईन् नेपाललाई स्वर्ण



अ+ अ-

काठमाडौं । सागअन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन् । पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन् । नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि जुडोको ५२ केजीमुनिको भिडन्तमा देविका खड्काले पहिलो स्वर्ण पदक जिताएकी थिइन् ।