१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण रसियालाई विश्वकप र ओलम्पिक खेलमा प्रतिबन्ध लाग्यो



अ+ अ-

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई ठुला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ । अर्को बर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न वाडाले रसियालाई प्रतिबन्ध लगाएको हो । पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल समेत खेल्न पाउने छैन ।

तर डोपिङबाट आफुलाई निर्दोश सावित गरे खेलाडीले तटस्थ झण्डामा रहेर प्रतियोगितामा सहभागीता जनाउन सक्ने बताईएको छ। रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले भने प्रतिबन्ध रुस बिरोधीको हिस्सा भएको बताएका छन् ।

‘यो स्पष्ट छ कि रुसमा महत्वपुर्ण डोपिङ समस्या अझ पनि बाँकी छ । मेरो मतलब हाम्रो खेल समुदायसंग हो ।’ उनले भने, ‘यसलाई अस्विकार गर्न असम्भव छ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससंग निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको बताएका छन् ।