३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ह्याममाथी आर्सनलको पुनरागमन जित



अ+ अ-

प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्यामलाई हराएको छ । सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले हराएको हो । योसंगै आर्सनलले ९ खेलको जित विहिन यात्रामा पुर्णविराम लगाएको छ । अन्तरिम प्रशिक्षक फ्रेडी लक्जमवर्गले लण्डन क्लबबाट पहिलो जित हासिल गरेका छन् ।

घरेलु टोली वेस्ट ह्यामलाई ३८ औ मिनेटमा एन्जिलो ओगबोनाले अग्रता दिलाएका थिए ।ग्याब्रियल मार्टिनेलीले आर्सनलबाट डेब्यु गर्दै ६० औ मिनेटमा बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि पेपेले पाहुना टोलीलाई अग्रता दिलाए । ६९ औ मिनेटमा अबुमियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।

जितसंगै आर्सनल २२ अंक सहित तालिकाको नवौं स्थानमा उक्लियो । वेस्ट ह्याम १६ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि रह्यो ।