१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ह्याममाथी आर्सनलको पुनरागमन जित



अ+ अ-

प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्यामलाई हराएको छ । सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले हराएको हो । योसंगै आर्सनलले ९ खेलको जित विहिन यात्रामा पुर्णविराम लगाएको छ । अन्तरिम प्रशिक्षक फ्रेडी लक्जमवर्गले लण्डन क्लबबाट पहिलो जित हासिल गरेका छन् ।

घरेलु टोली वेस्ट ह्यामलाई ३८ औ मिनेटमा एन्जिलो ओगबोनाले अग्रता दिलाएका थिए ।ग्याब्रियल मार्टिनेलीले आर्सनलबाट डेब्यु गर्दै ६० औ मिनेटमा बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि पेपेले पाहुना टोलीलाई अग्रता दिलाए । ६९ औ मिनेटमा अबुमियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।

जितसंगै आर्सनल २२ अंक सहित तालिकाको नवौं स्थानमा उक्लियो । वेस्ट ह्याम १६ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि रह्यो ।