३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फातीको गोलमा बार्सिलोनाको शान्दार जित



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले ईन्टर मिलानलाई हराएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सिरि ए क्लब ईन्टर मिलानलाई २–१ ले हराएको हो । बार्सिलोनासंग पराजित ईन्टरको च्याम्पियन्स लिगमा नकआउट चरण पुग्ने सम्भावना सकिएको छ । बार्सिलोना यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ । ईन्टरको हारले जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा पुग्न सफल रह्यो ।

खेलको २३ औ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । सिरि ए क्लब ईन्टरका रोमेलु लुकाकुले ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ८६ औ मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा ८५ औ मिनेटमा मैदान छिरेका फातीले दोस्रो मिनेटमै गोल गर्न सफल भए । लुईस स्वारेजको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

फाती च्याम्पियन्स लिगको ईतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । सोही समूहको अर्को खेलमा डर्टमण्डले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले हरायो । र १० अंक सहित दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्यो । ईन्टर ७ अंक सहित तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानको बार्सिलोनाको १४ अंक रह्यो ।