५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल समूह विजेता, नकआउट चरणमा प्रवेश



अ+ अ-

लिभरपुल समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले रेलबुल साल्जवर्गलाई २–० गोल अन्तरले हरायो ।साविक विजेता लिभरपुललाई अघिल्लो चरण पुग्न एक अंक पर्याप्त थियो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गर्यो । नाबी केईटाले ५७ औ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै दोस्रो मिनेटमा मोहमद सलाहाले लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।समूह विजेता बन्न लिभरपुललाई तीन अंकनै आवश्यक थियो । कारण नापोलीले बेल्जियमको क्लब जेन्कलाई ४–० ले हराएको थियो ।

समूह ईको विजेताको रुपमा लिभरपुलले १३ अंक बटुल्यो । नापोली १२ अंक सहित दोस्रो स्थानमा रहेर नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । साल्जवर्ग ७ र जेन्क १ अंक सहित तालिकाको पुछारमा रहे ।