५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा डर्टमण्ड



अ+ अ-

जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह चरण अन्तर्गत खेलमा स्लाभियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अन्तिम १५ मिनेट १० खेलाडीमा समेटिएको डर्टमण्डका लागि जाडोन सान्चो र जुलियन ब्रान्टले एक एक गोल गरेका थिए ।

स्लाभियाका थोमस सौसेकले एक गोल फर्काएका थिए । खेलको दशौँ मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाए । ४३ औं मिनेटमा थोमसले गोल गर्दै स्लाभियालाई खेलमा फर्काए । तर, खेलको ६१ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २१ को जित दिलाए ।

खेलको ७७ औं मिनेटमा जुलियन विगलले रातो कार्ड प्राप्त गर्दा डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह एफको डर्टमण्डले ६ खेलमा १० अंक जोड्यो । र, समूहको उपविजेता बन्यो । यस समूहबाट बार्सिलोना विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।