३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल

सन्दर्भ १३औँ साग : नतिजा र व्यवस्थापनमा अब्बल
अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) यसअघि नेपालमा सञ्चालन भएका सबै प्रतियोगिताको तुलनामा अब्बल सावित भएको छ । छोटो तयारीमा पनि व्यवस्थित, भव्य, सभ्य र ऐतिहासिक ढङ्गबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी विश्व समुदायमा नेपालले गौरव गर्नलायक उदाहरण प्रस्तुत गरेको छ ।

प्रतियोगितामा नेपालले यसअघिका सागका सबै संस्करणभन्दा निकै राम्रो नतिजा हासिल गरेको छ भने उद्घाटन र समापन समारोह पनि नवीनतम प्रविधिसाथ मौलिक संस्कृति र गौरवगाथालाई आकर्षकरूपमा प्रस्तुत ग¥यो ।

सागको सफलताको प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता समापन समारोहमा भिडियोबाट सन्देश दिँदै भन्नुभयो, “दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षालाई १३औँ सागले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ ।”

तेह्रौँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै नेपालले ठूला प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता प्रदर्शित गरेको छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय जगतमा नेपालको खेल क्षेत्रको प्रतिष्ठा बढेको छ । यति ठूलो प्रतियोगिताको आयोजना गर्दा व्यवस्थापनका हिसाबले कहीँकतै प्रश्न चिह्न खडा हुने खालका कमीकमजोरी महसुस नभएको भनी व्यवस्थापनको सर्वत्र प्रशंसा भएको छ ।

विगतका तुलनामा धेरै खेल विधा र खेलाडीको संलग्नतामा काठमाडाँै, पोखरा र जनकपुरमा एकैसाथ व्यवस्थित ढङ्गबाट प्रतियोगिता आयोजना गरिएको थियो । तेह्रौँ सागमा नेपाली खेलाडीले धेरै कीर्तिमान कायम गरेका छन् । पौडी विधाका विभिन्न खेलमा गौरिका सिंहले चार वटा स्वर्ण जितेर यस क्षेत्रका सबै खेलाडी र प्रशिक्षकलाई छक्क तुल्याउनुभयो । उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रूपमा सम्मान प्राप्त गर्न सफल हुनुभयो ।

कुस्ती विधामा सङ्गीता धामीले नेपालाई सागको इतिहासमै पहिलोपटक स्वर्णपदक दिलाउनुभयो भने एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले छिटो दौडने महिलाको रेकर्ड बनाउनुभयो । नेपाली खेलाडीले खासगरी फुटबल, तेक्वान्दो, जुडो, कुस्ती, पौडी, साइक्लिङ, एथेलिटिक्स, ट्रायथलन र बक्सिङलगायतमा विधामा ऐतिहासिक जित हासिल गरे ।

कराँतेका मण्डेकाजीबाट नेपालका लागि खाता खोलिएको स्वर्ण पदकको शृङ्खला फुटबलमा सहित ५१ पुगेपछि स्थगन भएको थियो । सदस्य राष्ट्रका सबैको चासो र आकर्षको विधाका रूपमा रहेको फुटबलमा पनि नेपालले यसपटक बाजी मार्न सफल भयो ।

प्रतियोगितामा तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले २–२ स्वर्ण पदक नेपाललाई दिलाउनुभयो । घरेलु मैदान, निरन्तर प्रशिक्षण, राष्ट्रप्रेम, अनुशासन, मेहनत र साहसले यसपटक नेपाली खेलाडीलाई सफलताको शिखर चुम्न सहयोग पु¥याएको थियो । छब्बीस खेल विधाका लागि ५९९ नेपाली खेलाडी र अरु सदस्य राष्ट्रका दुई हजार ९१० खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । नेपालले यसपटक अहिलेसम्मकै कीर्तिमान तोडेर ५१ स्वर्ण, ६० रजत ९५ कास्यसहित २०६ पदक प्राप्त गर्न सफल भएको छ ।

कूल ३१६ स्वर्णसहित एक हजार ६३ पदकका लागि सार्क राष्ट्रका खेलाडीबीच भएको प्रतिस्पर्धामा भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यमाथि कब्जा जमायो । सधैँ राजनीतिक समाचारलाई पहिलो पृष्ठ, प्रमुख हेडलाइन र स्थान दिँदै आएका नेपालका आमसञ्चारमाध्यमले १५ दिनयता निरन्तर १३औँ साग प्रतियोगितासम्बन्धी समाचार र तस्वीरलाई विशेष स्थान र महत्व दिएका थिए । खेल र खेलाडीको सफलताको गाथा समेटिएको समाचार प्रसारणभएसँगै अरु खेलाडीको मनोबलसमेत उच्च बन्न पुगेको थियो ।

यस प्रतियोगितामा नेपाली खेलाडीले ट्रायथलनमा दुई, कराँतेमा १०, तेक्वान्दोमा १२, उसुमा पाँच, एथेलेक्टिसमा तीन, साइक्लिङमा चार, बक्सिङमा तीन, पौडीमा चार, भारोत्तोलनमा दुई, कुस्तीमा एक, जुडोमा दुई, गल्फमा दुई र फुटबलमा एक स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

तेह्रौँ सागमा ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित श्रीलङ्काले तेस्रो स्थान प्राप्त गर्न सफल रह्यो भने पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य प्राप्त ग¥यो । प्रतियोगितामा बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य, माल्दिभ्सले १ स्वर्ण र ४ कास्य तथा भूटानले ७ रजत र १३ कास्य पदक हात पा¥यो ।

कुशल व्यवस्थापनमा १३औँ प्रतियोगिताको सफल आयोजनासँगै अब नेपाल जस्तोसुकै ठूला कार्यक्रम र आयोजना गर्नसक्छ भन्ने अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न सफल भएको छ ।