३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘साग नेपाल बाहिर नजाओस् भन्नेमा सतर्क थियौँ’

‘साग नेपाल बाहिर नजाओस् भन्नेमा सतर्क थियौँ’
अ+ अ-

काठमाडौं । तेस्रोपटक घरेलु मैदानमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक जितेको छ । सागको साढे तीन दशकको इतिहासमा यस वर्ष नेपालले कीर्तिमानी प्रदर्शन गर्नुका साथै हालसम्मकै सर्वाधिक स्वर्णपदक जितेको छ ।

खेलमा सफलता प्राप्त भएपछि यसको तयारीको सर्वत्र प्रशंसा हुनुका साथै खेलाडीको प्रदर्शनका दृष्टिले पनि नेपालका लागि यो संस्करण महत्वपूर्ण हुन पुग्यो । यो खेल आयोजनामा बाहिरबाट हेर्दा जति सफल देखिएको छ, खेल आयोजनाको पृष्ठभूमिमा सरकारका साथै विभिन्न निकाय र व्यक्तिको त्यत्तिकै मेहनत रहेको छ । तेस्रो निर्धारित समयमा सागको यो संस्करण नेपालमा आयोजना हुन सफल भएको हो । खेल नेपालमा आयोजना गर्न ‘नेपाल ओलम्पिक कमिटी’ ले अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले रासससँग कुरा गर्दै सागको १३औँ संस्करण नेपालमा आयोजना गर्ने भनेर आफूले भारतको गुवाहटीको १२औँ साग समापन सामारोहमा तत्कालीन खेलकूदमन्त्रीको उपस्थितिमा झण्डा लिएको जानकारी गराउनुभयो । सागको १२औँ संस्करण सन २०१६ फेब्रुअरी ६ देखि १५ सम्म भारतको गुवाहटी र सिलोङमा भएको थियो ।

नेपाल सरकारको तर्फबाट सहमति र खेल आयोजनाका लागि व्यवस्थापनका काम मिलाउँछौँ भन्ने प्रतिबद्धतासहित कमिटीले झण्डा प्राप्त गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “त्यतिबेला हामी भूकम्पको थिलथिलोमा थियौँ, भूकम्पले खेलकूदका पूर्वाधार धेरै क्षतिग्रस्त बनाएको थियो । खेलकूद पूर्वाधार तयारीका काम पूरा नगरेकाले र राजनीतिक अस्थिरताका कारण निर्धारित समयमै साग आयोजना गर्न सकेका थिएनौँ । त्यसले गर्दा खेल आयोजना हुने मिति धकेल्दै लैजाने र नेपालमै खेल हुने स्थितिलाई सुरक्षित गर्न हामी लागिरह्यौँ ।”

राजनीतिक अस्थिरता अन्त्य भएर निर्वाचनका माध्यमबाट मुलुकमा स्थिर सरकार बनेपछि कमिटीले समन्वय गरेर सरकारको पूर्ण प्रतिबद्धता प्राप्त गरेको थियो । सरकारको पत्रसहित यही वर्षको मार्चमा बैंककमा आयोजना भएको साउथ एशियन ओलम्पिक काउन्सिलको मिटिङबाट डिसेम्बरको १ देखि १० सम्म नेपालमा साग आयोजना गर्ने भनेर निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

“यो समय सार्न नसकिने र यो समयमा खेल आयोजना गरेनौँ भने नेपालमा आयोजना नहुने अवस्था देखिएपछि स्थानीय आयोजकलाई तयारीमा जुटन घच्घच्याउने काम गर्दै आयौँ । यो खेल संस्करण नेपाल बाहिर नजाओस् भन्ने कुरामा त्यतिकै ध्यान दिने काम ग¥यौँ । फलस्वरुप पछिल्लो निर्धारित समयमै खेल आयोजना गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा खेल आयोजनाका लागि मूलतः जिम्मेवारी नेपाल ओलम्पिक कमिटी भएकाले र साउथ ओलम्पिक काउन्सिलको अध्यक्ष पनि म आफैँ भएकाले यसमा धेरै मेहनत गर्नुपरेको थियो । कतिपय अवस्थामा नेपालमा आयोजना हुन सक्छ कि सक्दैन भनेर स्थलगत भ्रमण गर्नुप¥यो भनेर दक्षिण एशिया एशियाका साथीहरुले तयारीका बारेमा चासो लिएपछि हामीले टार्दै आएका थियौँ ।”

अध्यक्ष श्रेष्ठले समयमै खेलकूद पूर्वाधार निर्माणका काम भएको छैन भन्ने जानकारी भएकाले आफूहरुले विदेशी मित्र स्थलमा आउनेबित्तिकै यथार्थ अवस्था देखेर नेपालबाट खेल बाहिर जानसक्ने आशङ्का रहेको अवगत गराउनुभयो । राष्ट्रिय स्वार्थलाई ध्यानमा दिएर ठूलो कार्यक्रम गरेर राष्ट्रको गौरवको प्रतिष्ठालाई माथि उठाउनुपर्छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा कुनै पनि हिसाबले आँच आउन हुँदैन भन्ने मनसायसहित यो काम गरेको उहाँको भनाइ छ ।

“आज खुशी लागेको छ, खेल नियमति भयो । खेलाडीले पनि राम्रो प्रदर्शन गरे । नतिजा पनि राम्रो आयो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसमा स्थानीय आयोजक समिति भनेको सरकार हो । उहाँका अनुसार युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्लगायत निकायले खेलकूद पूर्वाधार, व्यवस्थापन, बजेट, खेल स्थानलगायतका सबै कार्य सफलतापूर्वक सम्पन्न गरे ।

कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुने १३औँ सागअन्तर्गतका खेल काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना भएको थियो । यही मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा यस क्षेत्रका सात राष्ट्रका कूल दुई हजार ७१५ खेलाडी सहभागी थिए । साग प्रत्येक दुई वर्षमा हुनुपर्ने हो । तर दक्षिण एशियाको राजनीतिक तरङ्गीत अवस्थाका कारण प्रत्येक दुई वर्षमा हुने कुरामा ढिलासुस्ती भइरहेको छ । सागको पहिलो खेल नेपालमा १९८४ मा भएको थियो भने सन् १९९९ मा आठौँ संस्करण पनि नेपालमै भएको थियो ।