३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति कप : सुदूरपश्चिमको टोली घोषणा



अ+ अ-

बैतडी । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो ।

कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहनुभएको छ । यस्तै वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

यसैबीच एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका चार खेलाडी परेका छन् । खड्क, दीपक र गजेन्द्र अन्तिम १४ मा पर्नुभएको छ भने वीरेन्द्र वैकल्पिक खेलाडीका रुपमा टिममा पर्नुभएको हो ।

आगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेशियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार पाउनेछन् ।