५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिससको ह्याट्रिकमा सिटीको शान्दार जित



अ+ अ-

ग्याब्रियल जिससको ह्याट्रिकमा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा डायनामो जाग्रेबलाई हराएको छ । बुधबार राति भएको खेलमा डायनामो जाग्रेबलाई ४–१ गोल अन्तरले म्यान्चेष्टर सिटीले हराएको हो । सिटीको जितमा जिससले ह्याट्रिक गरेका थिए । मुख्य फरवार्ड सर्जियो अग्युरो चोटका कारण बाहिरीएपछि सिटीको आक्रमण सम्हाल्ने जिम्मेवारी जिससले पाए।

उनले पछिल्ला पाँच खेलमा पाँच गोल गरेका थिए । खेलको ३४ औ मिनेटमा पहिलो गोल गरेका उनले ५० औ मिनेटमा दोस्रो र ५४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । फोडिनले ८४ औ मिनेटमा सिटीका लागि चौथो गोल गर्न सफल रहे ।खेलमा अग्रता भने जाग्रेबले खेलको १० औ मिनेटमा ओल्मोको गोलबाट लिएको थियो ।

समूह सीको खेलमा सिटीले १४ अंक जोड्दै समूह विजेताको रुपका नकआउट चरण प्रवेश गर्यो । जाग्रेब ५ अंक सहित पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।