१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहम दोस्रो लेगमा समेत पराजित



अ+ अ-

बार्यन म्युनिखले टोटेनहम हट्सपरलाई च्याम्पियन्स लिग फुटबलमा पुन हराएको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा टोटेनहमलाई ३–१ गोल अन्तरले बार्यनले हराएको हो । दुवै टिम यसअघिनै नकआउट चरण प्रवेश गरिसकेका थिए । समूह बीबाट बार्यन समूह विजेता र टोटेनहम उपविजेता भन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

पहिलो लेगको खेलमा बार्यनले टोटेनहमलाई ७–२ गोल अन्तरले हराएको थियो । दोस्रो लेगमा समेत बार्यनले टोटेनहमविरुद्व सहज जितनै निकाल्यो । किंग्स कोमनले १४ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । रायन सेसजेनले २० औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काए ।

४५ औ मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाउने काम गरेका थिए । ६४ औ मिनेटमा काउटिन्होले गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाउन सफल रहे । समूह विजेता बार्यनले १८ अंक जोड्न सफल रह्यो । उपविजेता टोटेनहमले १० अंक जोड्यो ।