५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलियन चम्किँदा रियल मड्रिडलाई सहज



अ+ अ-

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा सहज जित आत्मसाथ गरेको छ । बुधबार राति भएको खेलमा रियलले क्लब ब्रुगिसलाई ३–१ गोल अन्तरले हराएको छ । यस अघिनै नकआउट चरणमा प्रवेश गरिसकेको रियल मड्रिडका लागि समूह चरणको अन्तिम खेलको नतिजा खासै अर्थपुर्ण थिएन ।

समूह एको विजेताको रुपमा पीएसजी र उपविजेताको रुपमा रियल अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । १८ बर्षिया रोड्रिगोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो ओड्रियोजोलाको क्रसलाई सदुपयोग गर्दै उनले ५३ औं मिनेटमा भालीमार्फत गोल गर्न सफल रहे ।त्यसको दुई मिनेटपछि घरेलु टोलीका हान भनाकेनले खेल बराबरीमा ल्याएका थिए । भिनिसियस जुनियरले ६४ औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाउने काम गरे ।

खेलको ईन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । रियल पछिल्ला १० खेलमा अपराजित छ । क्लबले ग्यारेथ बेललाई बैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेन । क्लब ब्रुगिस तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो । समूह एको खेलमा उसले ३ अंक बटुल्यो । दोस्रो स्थानको रियलको ११ अंक रह्यो ।