८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठकअघि कांग्रेस सांसदहरूको संयुक्त बैठक सुरु



अ+ अ-

काठमाडाैँ ।  संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनुअघि नेपाली कांग्रेसबाट निर्वाचित दुवै सदनका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी उक्त बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी भएका छन्। संसद बैठकअघि पार्टीको धारणा एकरूप बनाउन, समसामयिक राजनीतिक विषयमा छलफल गर्न तथा संसदमा प्रस्तुत हुने एजेन्डाबारे रणनीति तय गर्न बैठक आयोजना गरिएको बताइएको छ।

बैठकमा सरकारको कार्यसम्पादन, संसदमा उठ्ने प्रमुख विषयवस्तु, साथै पार्टीको भावी रणनीतिबारे समेत छलफल भइरहेको स्रोतले जनाएको छ।