९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण
फाइल फोटो
अ अ+ अ-

दाङ। तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन आज हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश  राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख खड्काले नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त भएपछि आफूहरुले पाल टाँगेर सेवा प्रवाह गरेको र अदालतको अवस्था पनि त्यस्तै भएकाले नागरिकलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले अदालत परिसरमा रु १५ लाखको लागतमा भवन निर्माण गरिएको बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा अदालतको भवन पूर्ण रूपमा क्षतिग्रस्तपछि गाडी राख्ने ग्यारेजमा अस्थायी टहरा निर्माण गरी सेवा प्रदान भइरहेको छ ।

त्यस अवसरमा मुख्य न्यायाधीश राजेश्वर तिवारीले अदालतका संरचना पूर्ण रूपमा जलेर ध्वस्त भए पनि  सेवा प्रवाह नरोकिएको बताउनुभयो ।

सङ्कटको कठिन समयमा उपमहानगरपालिकाले गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । आज नै उपमहानगरपालिकाले सोही अदालतलाई रु छ लाख मूल्य बराबरका फर्निचर सामग्री पनि सहयोग गरेको छ । रासस