९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

दक्षिणकाली फाइट नाइटका लागि ८ उपसमिति गठन

दक्षिणकाली फाइट नाइटका लागि ८ उपसमिति गठन
अ अ+ अ-

काठमाडौं।  चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न ८ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न ८ उपसमिति गठन गरिएको आयोजक क्लबका अध्यक्ष सरोज थापा मगरले जनाएका छन्।

जसअन्तर्गत आर्थिकमा सरोज थापा, स्वयंसेवकमा सुशीला थापा, रिङ व्यवस्थापनमा मुकेश लुइटेल, रेफ्रीमा सञ्जय राई, स्टेजमा विशाल नगरकोटी, स्टलमा राहुल थोकर, प्रचार प्रसार तथा खेलाडी व्यवस्थापनमा विजय नगरकोटी र स्वास्थ्यमा संजिता लामा संयोजक रहेका छन्।

एमेच्योर, सेमि प्रोफेसनल र प्रोफेसनलतर्फ ३० स्पर्धामा ६० खेलाडी सहभागी हुने बताइएको छ। त्यसमा नेपालका ५६ र भारतका ४ खेलाडी रहने छन्।

नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिता बैशाख ५ गते दक्षिणकाली नगरपालिका वडा १ स्थित खहरेमा हुनेछ।