४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’

क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
अ+ अ-

काठमाडौँ: नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानाडाका सदबरीटोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।

नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ । १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीतहरु सुनाउनेछ । मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन सहरमा हुनेछ । त्यो दिन ‘लन्डन म्युजिक हल’ मा नेपथ्य गुन्जिनेछ ।

टोरन्टोमा आयोजना हुने कन्सर्टको टिकट सकिएको छ भने अन्य सहरका लागि पनि तीव्र गतिमा टिकट बिक्री भइरहेको छ ।

नेपथ्यले तीन वर्षअघि क्यानाडाका क्यालगरीभ्यानकुभर र टोरन्टोमा शृङ्खलाबद्ध प्रस्तुति दिएको थियो । यसपटकको नेपथ्य यात्रामा तीनवटै क्यानाडेली सहर संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी भेगसँग जोडिने ओन्तारियो राज्यमा पर्छन् । मुख्य आर्थिक केन्द्र टोरन्टोसमेत अटाएको यस भेगमै नेपालीको उल्लेख्य उपस्थिति छ ।

केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेष गरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीमा दिनप्रतिदिन गुणात्मक वृद्धि हुन थालेको छ ।
बढ्दो नेपाली जनसङ्ख्यासँगै उनीहरूको सम्मानजनक उपस्थितितर्फ पनि उक्त राज्यको ध्यान आकर्षित हुन थालेको छ । केही साताअघि मात्र त्यहाँका काउन्सिलर निथन सानले हरेक अप्रिल १०–१७ लाई ‘नेपाली सम्पदा सप्ताह’ का रूपमा मनाउन टोरन्टोका मेयरसमक्ष प्रस्ताव गरेका छन् । ‘नेप्लिज क्यानाडियन कम्युनिटी सर्भिसेज’ को पहलमा अघि बढेको यो प्रस्ताव हाल विचाराधीन छ । प्रस्ताव स्वीकृत भएपछि महानगरले नै यसलाई उसको कार्यक्रमका रूपमा अघि बढाउनेछ । नेपाली नयाँ वर्षको समयलाई आधार मानेर प्रस्ताव गरिएको यस अवधिमै नेपथ्य उक्त भेगमा प्रस्तुत हुने समय पनि यसपाला जुरेको छ ।

हाम्रो सहरमा नेपथ्य पहिलोपटक आउन लागेको छ,’ सदबरीकी क्यानुका बस्नेतले आफ्नो फेसबुक पोस्टमा भनेकी छन्, ‘यो सङ्गीतऊर्जा र सम्झनाले भरिएको स्मरणीय साँझ बन्नेमा ढुक्क छु ।’

क्यानाडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको ७ बजे ढोका खुला गरिनेछन् ।

अमेरिका गएको बेला क्यानाडा पनि पस्ने नेपाली प्रस्तोताहरूको परम्परालाई तोड्दै नेपथ्यले तीन वर्षअघि पहिलोपटक त्यही मुलुकमा केन्द्रित शृङ्खलाबद्ध यात्रा गरेको थियो,’ नेपथ्यको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैको प्रतिफलमा अब क्यानाडा नियमित रूपले भ्रमण गरिने गन्तव्य बन्न पुगेको छ ।’ क्यानाडामा बसोबास गर्ने नेपाली समुदायको गौरवसँगै नेपाली कलाकारप्रति उनीहरूले दर्साउने माया पनि बढ्दै गएको उनी बताउँछन् ।

नेपथ्यले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउन सक्दो कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्राहरूमा जस्तै यस पटक पनि ६ कलाकार र ८ प्राविधिक एवं व्यवस्थापक गरेर १४ जनाको टोली अप्रिल ४ मा क्यानाडा प्रस्थान गर्दै छ । यो टोली अप्रिल २० सम्म त्यहाँ रहनेछ ।

क्यानाडामा बसोबास गर्ने नेपालीले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘नयाँ वर्षको बेला स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।’
क्यानाडामा रहेका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए । ‘कतिपय साथीले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर भए पनि कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौँ ।’

क्यानाडाका तीनवटै कन्सर्टमा अमृतलाई सधैंझैँ ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

नयाँ वर्षको क्षणलाई क्यानाडामा रहेका नेपालीका निम्ति उत्सवमय बनाउन हामीले नेपथ्यलाई निम्त्याएका हौँ,’ टोरन्टोका आयोजक दाजुभाइ इन्टरटेनमेन्टका छिरिङ शेर्पा भन्छन्, ‘कन्सर्टको लगभग दुइ हफ्ता अघि नै टोरन्टोको टिकट सकिएकोले यसपालाको जमघट भव्य हुने सङ्केत गरिसकेको छ ।’