१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली र रमेश लेखकको गिरफ्तारीविरुद्ध एमालेको आपत्ति, निःशर्त रिहाइको माग



अ+ अ-

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठकले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रहपूर्ण’ ठहर गरेको छ ।

बैठकले सरकारको यो कदमको भत्र्सना गर्दै उनीहरूको अविलम्व र निःशर्त रिहाइको माग गर्दै विशेष प्रश्ताव पारित गरेको हो ।

संसदीय दलका नेता रामबहादुर थापाले सरकारले प्रतिपक्षका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको आरोप लगाउनु भयो ।

एमालेले यस मुद्दालाई संसदीय मोर्चा, सडक र अदालतको मोर्चाबाट समेत सशक्त रूपमा उठाउने निर्णय गरेको छ । उहाँले भन्नुभयो, ‘यो गिरफ्तारी पूर्णतः गैरकानुनी र पूर्वाग्रहपूर्ण छ, यसले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको छ ।’

नेता ओली र लेखकको रिहाइ नभएसम्म एमालेले आफ्नो आन्दोलन जारी राख्ने र सरकारलाई दबाब दिने रणनीति तय गरेको छ । –न्युज एजेन्सी नेपाल