५ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न हत्या गरेको अभियोगमा एक जना पक्राउ निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अनुशासन समितिको कडाइः ५०७ उजुरी छानबिनमा, दोषीलाई ७ दिनभित्र स्पष्टिकरण मागिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टीभित्र भएको भनिएको अनुशासन उल्लंघनका घटनामाथि कडा निगरानी गर्ने निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित बी.पी. स्मृति भवनमा बसेको बैठकले विभिन्न जिल्ला र उम्मेदवारबाट प्राप्त ५०७ उजुरीलाई वर्गीकरण गरी छिट्टै टुंगोमा पुर्‍याउने निर्णय गरेको हो।

समितिले उजुरीहरूलाई पाँच समूहमा वर्गीकरण गरेको जनाएको छ। जसमा स्वतन्त्र उम्मेदवार बनेका तथा प्रस्तावक–समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष प्रचारमा संलग्न भएका, अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग गरेका, पार्टीका लागि मत नमागी ‘साइलेन्स किलिङ’ गरेको आरोप लागेका र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएर पनि विपक्षीलाई सहयोग गरेका व्यक्तिहरू समेटिएका छन्।

बैठकले छानबिनबाट दोषी ठहरिएका व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णयसमेत गरेको छ। साथै, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनाधिकृत रूपमा वक्तव्य जारी गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

अनुशासन समितिले निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका थप उजुरीहरू २०८२ चैत मसान्तभित्र पठाउन पनि निर्देशन दिएको छ। निर्धारित समयपछि प्राप्त उजुरीमाथि कुनै कारबाही नहुने स्पष्ट पारिएको छ।