५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरवेजले ए डिभिजन लिगलाई प्रायोजन गर्ने



अ+ अ-

काठमाडौं । पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगले अन्तर्राष्ट्रिय प्रायोजक पाएको छ । २०७६ सालको लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग सम्झौता गरेको हो ।

एक वर्षको लागि १ करोड ७० लाख रुपैयाँमा उक्त लिग सम्झौता भएको हो । प्रायोजनको रकम दुई किस्तामा उपलब्ध हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एन्फाले सबै ए डिभिजन क्लबलाई लिग तयारी खर्चवापत २० लाख रुपैयाँ दिने भएको छ । यसवर्ष ५ जना उत्कृष्ट खेलाडीलाई मोटरसाइकलको सट्टा नगद दिन लागिएको छ । उत्कृष्ट खेलाडीले अब जनही १ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ । चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

लिगको उद्घाटन खेल मछिन्द्र र बिग्रेड ब्वाइजबीच हुनेछ । दशरथ रंगशालामा खेल हेर्न साधारण प्याराफिटमा २ सय र भीआईपी प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।