१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि



अ+ अ-

सिरहा। गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब र सल्हेश युवा क्लब सहभागी छन् भने अन्य टोलीहरूमा राष्ट्रिय जागृति क्लब इटहरी, लालिगुराँस स्पोर्टस् क्लब विराटनगर, ब्रदरहुड फुटबल क्लब उदयपुर, चात्या सा फुटबल क्लब दमक र हेटौँडा फुटबल एकेडेमी रहेका छन् ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले स्थानीय खेलकुदको विकासका लागि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताउनुभयो । उहाँका अनुसार, नगरबाट प्रतियोगिताका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गरिनेछ । सम्पूर्ण खेल गोलबजार नगरपालिका–२ स्थित गुरुधामको एकीकृत खेलग्राममा सञ्चालन हुनेछन् । रासस