४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय

बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय
अ+ अ-

बागमती। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने  निर्णय गरेको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिनुभयो । यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।

बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ । यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय नभएको सचेतक महर्जनले बताउनुभयो ।

प्रदेशसभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्काे दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यहाँ विगत सात महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।  रासस