९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन

पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो ।

डङ्गोलले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको विभागीय प्रमुखसँग भन्नुभयो । “कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला”, उहाँले भन्नुभयो, “लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ ।”

प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रित रहेको बताउनुभयो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमको मात्र नभई नीतिको पनि समीक्षा गर्नु अवस्था रहेको औँल्याउनुभयो ।

कामपाको बजेटको मुख्य भार भएको विभाग सार्वजनिक निर्माण विभाग हो । यस विभागअन्तर्गत रु पाँच अर्ब रु ७७ करोड अर्थात् कामपाको कुल बजेटको २३ प्रतिशत बजेटका १९१ वटा योजना छन् । यीमध्ये अहिलेसम्ममा ४८ वटा योजना सम्पन्न भइसकेका छन् । यी योजनाका लागि रु एक अर्ब ५५ करोड भुक्तानी भइसकेको विभागका प्रमुख सुरेश राईले जानकारी दिनुभयो ।

यो २६.८ प्रतिशत वित्तीय प्रगति हो । उहाँका अनुसार धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्यक्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।

उज्यालो काठमाडौँअन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ । यसको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । वित्तीय प्रगति ५० प्रतिशत छ । आकस्मिक मर्मत कार्य करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

शिक्षा विभागले कार्यान्वयन गर्नुपर्ने ११९ वटा कार्यक्रम छन् । विभागका प्रमुख नमराज ढकालले ८९ वटा नयाँ कार्यक्रम रहेको बताउनुभयो । यसमध्ये १६ वटा सङ्घीय सरकारका सशर्त अनुदानमा सञ्चालित छन् ।

स्वास्थ्य विभागले रु नौ करोड ५४ लाख सङ्घ सरकारको बजेटबाट ३० वटा, रु दुई करोड १९ लाख प्रदेश सरकारको बजेटबाट तीन वटा र रु ८६ करोड २६ लाख ४२ हजार  कामपाको  आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । रासस