१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चपदस्थ जनप्रतिनिधिको संलग्नतामै सार्वजनिक सम्पत्ति अतिक्रमण



अ+ अ-

काठमाडौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।उजुरीसँगै काठमाडौं प्रशासनले छानबिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले अतिक्रमणमा संलग्नको नामावली नै सार्वजनिक गरी अतिक्रमण हटाउने तयारी थालेको हो । काठमाडौं प्रशासनले अतिक्रमणलाई गम्भीरतापूर्वक लिएर स्थायी संयन्त्रमार्फत अतिक्रमण हटाइने तयारी थालिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दाहालले महानगरपालिका तथा नगरपालिकासँगको समन्वयमा संयन्त्र तयार पारी अतिक्रमण हटाउने कार्यको थालनी गर्ने बताए । उनले काठमाडौंलाई अतिक्रमणमुक्त बनाउने योजना अनुसार नगरपालिकासँग समन्वय बैठक तय भएको जानकारी दिए ।

प्रशासन कार्यालयमा पछिल्ला दिनमा मात्रै झन्डै ४ दर्जन अतिक्रमणका उजुरी परेको छ ।जनप्रतिनिधि र पहुँचवालाबाट समेत अतिक्रमण भएकाले हटाउन चुनौतीपूर्ण हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । ‘वर्षौंदेखिको अतिक्रमण हटाउन चूनौतीपूर्ण छ तर अतिक्रमणको स्थायी समाधान खोजिनेछ । अतिक्रमणमा संलग्न जो भए पनि कानुनी दायरामा ल्याएरै छाडिनेछ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

कीर्तिपुरको अतिक्रमण हटाउने अन्तिम तयारी:कीर्तिपुर नगरपालिका–६ नख्खु दोभानमा अनधिकृत रूपमा घरटहरा बनाई गरिएको अतिक्रमण हटाउने अन्तिम तयारी थालिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल नेतृत्वको टोलीले स्थगत निरीक्षण गरी हटाउन निर्देशन दिएसँगै वडा कार्यालयले हट्न अल्टिमेटम दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बाग्मती नदी किनारमा रहेको झन्डै १० रोपनी सार्वजनिक जग्गामा टहरा बनाई बर्षौंदेखि सुकुमबासी र भूमिहीनको नाममा नक्कली भूमिहीनले कब्जा गरी दुरुपयोग गर्दै आएका थिए । राजधानी दैनिकबाट