५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका पदक विजेता खेलाडीहरुलाई आज नगरपरिक्रमा गराईदै



अ+ अ-

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय गरेको छ ।

कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु हुने नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम गर्नेछ ।

सुर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ । सरकारले यसअघि सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मानको घोषणा गरेको थियो ।

सागको स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ४ लाख घोषणा गरिएको थियो ।यस्तै एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख घोषणा गरिएको थियो । टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने सरकारको घोषणा छ ।