९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै

हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै
अ अ+ अ-

हुम्ला। यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाबाट एक हजार ३०० जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

निमित्त शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्लाभर रहेका ३२ वटा माध्यामिक विद्यालयका सात वटा परीक्षा केन्द्रमा गरी एक हजार ३०० विद्यार्थीले सहभागिता जनाउने जानकारी दिनुभयो ।

जिल्लाभरका ३२ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आधारमा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह रहेको हुम्लामा नाम्खा र चङ्खेली गाउँपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्र तोकिएका हमालले बताउनुभयो । सिमकोट र सर्केगाड गाउँपालिकामा दुई÷दुई वटा परीक्षा केन्द्र तोकिएका छन् भने अन्यमा एक रहेका छन् ।

परीक्षा केन्द्रमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमिततर्फ १३३ र ग्रेड वृद्धितर्फ ३२ जना रहेका छन् । त्यस्तै, सोही गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयमा नियमिततर्फका १४३ र ग्रेड वृद्धितर्फका ९९ जनाले सहभागिता जनाउने छन् । हिमज्योति माध्यामिक विद्यालय सर्केगाड केन्द्रमा १९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २१३ जना परीक्षार्थी, कोट मावि रोडिकोटमा १०६ जना नियमिततर्फका विद्यार्थी छन् भने ग्रेड वृद्धिका विद्यार्थी नभएका उहाँले जानकारी दिनुभयो ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको सूर्योदय माध्यामिक विद्यालयमा १४० जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने ३६ जना ग्रेड वृद्धिका, मदनदेव माविमा २०५ नियमित र ८७ ग्रेड वृद्धिका र सीता मावि खार्पुनाथमा ७९ नियमित तथा २७ ग्रेड वृद्धिका गरी एक हजार ३०० जना परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।

परीक्षालाई मर्यादित बनाउनका लागि जिल्लाका सातवटै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखसँग समन्वय भइरहेको बताउँदै प्रश्नपत्र सम्बन्धित स्थानीय तहका प्रहरी चौकीमा र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको निमित्त इकाइ प्रमुख हमालले बताउनुभयो । गत वर्ष चैत सात गतेदेखि भएको परीक्षामा एक हजार १०४ जना सहभागी भएका थिए । रासस