९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

‘मिडियामा महिला मुद्दामा खोजी समाचारको अभाव छ’

‘मिडियामा महिला मुद्दामा खोजी समाचारको अभाव छ’
अ अ+ अ-

काठमाडौँ । आमसञ्चारमाध्यममा महिलाका मुद्दाबारे खोजी समाचारभन्दा घटनाप्रधान विषय केन्द्रित रहेको सञ्चारिका समूहको एक अध्ययनले देखाएको खुलाएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा छ महिनाको अवधिमा मिडिया अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिइयो । समूहका अध्यक्ष कमला पन्थीद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा अझै पनि मिडियामा महिलाका मुद्दा खोजीका विषय बन्न नसकेको पाइएको उल्लेख छ ।

प्रदेशगत आधार सुदूरपश्चिममा छाउपडी र स्वास्थ्यसम्बन्धी घटना धेरै समाचार बनेका, केही घरेलु हिंसाका घटना समेटिएका र काठमाडौँ केन्द्रित मिडियामा भने महिलाका नीतिगत बहसका विषय समाचार हुने गरेका अध्यक्ष पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाका विषय विगतमा भन्दा बढी लेखिन थालेका छन् तर, खोजीका मुद्दा भने बन्न सकेका छैनन् ।”

यस्तै, सञ्चारीका समूहले महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले २१ जना महिला पत्रकारले लेखेको ‘उद्यमी पाइला’ शीर्षकमा समाचार तयार पारेको थियो । त्यसमा समेटिएका उद्यमी महिलाका सफलताबारे कार्यक्रममा छलफलसमेत गरिएको थियो ।

उक्त समाचार सम्पादन गर्नुभएका पत्रकार हरिबहादुर थापाले महिलाका सफल कथा लेख्दा समाजमा सकारात्मक दृष्टिकोण सिर्जना हुने बताउनुभयो । उहाँले अबको पत्रकारिता लेखनमा भाषा सरल र पुस्ताअनुसारको शैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा उद्यमी श्याम बदन श्रेष्ठले विसं २०४१मा नेपाल नट क्राफ्ट सेन्टरको स्थापना गरेर धेरै महिलालाई उद्यमी बनाएको अनुभव सुनाउनुभयो । उहाँले महिला सशक्तीकरण हुन आर्थिक प्रगति मुख्य आधार भएको उल्लेख गर्दै यसका लागि उद्यमी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकारिताका माध्यमबाट महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । ‘फेलोसिप’ का ‘मेन्टर’ पत्रकार दुर्गा कार्कीले महिला पात्रलाई मिडियामा उभ्याउने र प्रस्तुत गर्ने दृश्य रूपान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।रासस