११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनमन्त्री सवित गौतमद्धारा सर्वोच्च अदालतको अनुगमनमा



अ+ अ-

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सवित गौतमले आज सर्वोच्च अदालतको अनुगमन गरेकी छन्। जेनजी आन्दोलनका क्रममा भएको आगलागीपछि अदालतको संरचना र सेवा प्रवाहमा परेको असरको मूल्याङ्कन गर्न उनले आज स्थलगत निरीक्षण गरेकी हुन्।

अनुगमनका क्रममा मन्त्री गौतमले आगलागीबाट क्षति पुगेका भवन, अभिलेख तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै तत्काल सेवा सुचारु गर्न सकिने सम्भावनाबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गरेकी थिइन्।

आन्दोलनका क्रममा भएको आगलागीपछि सर्वोच्च अदालतको सुरक्षालाई थप कडा बनाइएको छ भने पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ।