१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा



DCIM100MEDIADJI_0680.JPG
अ+ अ-

तेह्रथुम। जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो ।

पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो । पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने याक्थुङ (लिम्बू)हरूसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियारलगायत सामग्री सङ्कलन गरी सङ्ग्रहित गर्नेगरी सङ्ग्रहालय निर्माण भइरहेको संस्थाका सल्लाहकार समिति सदस्य विजय निङलेकुले बताउनुभयो ।

पोक्लाबाङ फेदाप क्षेत्रका १९ थरि याक्थुङ (लिम्बू)हरूले माङ्गेन्ना यकका रूपमा मान्दै आएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिङ्गकले बताउनुभयो । याक्थुङ (लिम्बू) जातिअन्तर्गत प्रत्येक थरि र थर समूहको आआफ्नो माङ्गेन्ना यक हुन्छ । आफ्नो पुर्खा पहिलोपल्ट देखापरी घरघडेरी बनाएको, भष्मे फाँडेर आवाद गरेको स्थानलाई उनीहरू माङ्गेन्ना यकका रूपमा पुज्ने र पुकार्ने गर्दछन् ।

सहरी विकास मन्त्रालयको भ्याटसहित रु दुई करोड ७३ लाख बजेटमा मारुती विल्डर्स निर्माण कम्पनीले २०८१ साल असारदेखि सङ्ग्रहालय निर्माणको काम सुरु गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको सङ्ग्रहालय भवन चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका सबइन्जिनियर सुवास मगरले बताउनुभयो ।

स्थानीय दुई व्यक्तिले निःशुल्क दान गरेको दुई रोपनी क्षेत्रफलमा निर्माणाधीन सङ्ग्रहालय निर्माण सम्पन्नपश्चात पोक्लाबाङ यक सांस्कृतिक पर्यटकीयस्थलसँगै संस्कृति र इतिहास अध्ययनको केन्द्रका रूपमा विकास हुने विश्वास लिइएको पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो । रासस