३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जिमाको ईन्जुरी गोलमा रियलको बराबरी



अ+ अ-

रियल मड्रिड स्पेनिस लिगमा हारबाट जोगिएको छ । आईतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो । बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

समान अंक भएपनि रियल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडी परेको छ । बार्सिलोना ३५ अंक सहित शीर्ष स्थानमा छ । रियल बराबर अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ । रियल मड्रिड र बार्सिलोनाले एल क्लासिको खेल अगाडी आ आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आगामी बुधबार दुवै टिम क्याम्प नाउमा एल क्लासिकोको पहिलो लेग खेल्दैछन् । ग्यारेथ वेल रियलका लागि दोस्रो हाफमा मैदान छिरेका थिए । रियल पछिल्लो ११ खेलमा अपराजित छ । उनी पछिल्लो दुई हप्तामा पहिलो पटक मैदान उत्रिएका हुन् । तर बेल सेप्टेम्बर १ यता क्लबमा गोल विहिन छन् ।