३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथि सिटीको सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति आर्सनललाई उसैको घरेलु मैदानमा सिटीले ३–० गोलको स्वाद चखाएको हो । सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरेका थिए । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरेका थिए ।

घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले दोस्रो मिनेटमै ब्रुएनको गोलमा अग्रता बनाएको थियो । खेलको १५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ब्रुएनले खेलको ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाएका हुन् ।जितसँगै सिटीले १७ खेलबाट ३५ अंक जोडेको छ ।

तेस्रो स्थानको सिटीले शीर्ष दुई क्लबसँगको अंक दुरी समेत कम गरेको छ । लिग लिडर लिभरपुलको ४९ अंक रहदा दोस्रो स्थानको लेष्टर सिटीको ३९ अंक रहेको छ । लिगमा २२ अंक जोडेको आर्सनल नवौं स्थानमा रहेको छ ।