१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट



अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।

सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिनुभयो ।

“नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ”, उहाँले भन्नुभयो, “तर साँझ र बिहानको ‘पिक आवर’मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छौँ ।”

सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रासस