५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग



अ+ अ-

कठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।

नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ । पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ । साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताउनुभयो । नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ ।