१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता

दक्षिण गाजामा इजरायली हवाई हमलाः ३ बालबालिकासहित ४ जना घाइते

दक्षिण गाजामा इजरायली हवाई हमलाः ३ बालबालिकासहित ४ जना घाइते
अ अ+ अ-

काठमाडौँ। दक्षिणी गाजाको अल–मावासी क्षेत्रमा विस्थापित व्यक्तिहरू आश्रय लिइरहेको एउटा पाल (टेन्ट) मा इजरायलले गरेको हवाई हमलामा तीन बालबालिकासहित चार जना घाइते भएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले यसबारे जानकारी दिएको हो । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको सोसाइटीले थप जानकारी दिएको छ ।

यसैबीच मध्य गाजाको नुसेइरात शरणार्थी शिविरको दक्षिणी भेगमा मंगलबार साँझ भएको अर्को इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

बुधवार हमासले इजरायलले हवाई हमला, कडा नाकाबन्दी र पुनर्निर्माणमा लगाइएका प्रतिबन्धहरू जस्ता सैन्य गतिविधिहरू तिब्र पारेर युद्धविरामको प्रयासलाई बिथोल्न खोजिरहेको आरोप लगाएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृतकको संख्या ६ सय ८९ पुगेको छ भने १ हजार ८ सय ६० जना घाइते भएका छन् । यससँगै ७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको संख्या ७२ हजार २ सय ६५ र घाइतेको संख्या १ लाद ७१ हजार ९ सय ५९ पुगेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल