• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

डलर साट्ने लोभमा जसले गुमाए १२ लाख रुपैयाँ



काठमाडौं । डलरको लोभमा काठमाडौंमा एक जनाले १२ लाख रुपैयाँ डुबाएका छन् । डोल्पा घर भई राजधानीको बौद्धमा बस्ने ४० वर्षीय छेवाङ तन्दुर गुरुङको १२ लाख रुपैयाँ ठगी भएको हो।

उनको साथमा १० हजार बढी डलर थियो। अपरिचित व्यक्तिहरूले ‘डलर साटिदिन्छु’ भनेर महालक्ष्मी नगरपालिका २ इमाडोलमा बोलाई उनीहरूले पैसा आकारको कागजको बिटो दिइ उनको साथमा रहेको उक्त नगद लिई फरार भए हुन् ।

उनी एकछिन अक्कनवक्क पर्दै आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी गरे। प्रहरीले फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।

घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।