• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सुधार गृहमा कैदीबन्दीलाई समस्याको चाङ



स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारमा क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागारका प्रमुख चुडामणि भण्डारीले बताउनुभयो । पचास जनाको क्षमता भएको कारागारमा हाल १५७ कैदीबन्दी राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाईंले पानीको समस्याले गर्दा सरसफाइमा समेत समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ यति धेरै कैदीबन्दी छौँ, तर शौचालय जाँदा लाइन लगाएर बस्नुपर्ने बाध्यताले गर्दा निकै समस्या भएको छ ।” शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

अर्का कैदीबन्दी दिनेश गुरुङले भन्नुभयो, “कारागारमा आफूहरुले धेरै समस्या भोग्दै आएका छौँ, पानी र शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था छ ।” कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेका र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

उहाँले कैदीबन्दी बिरामी हुँदासमेत सवारीसाधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताउनुभयो । कारागारमा रहेका कैदीबन्दीले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिस आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् । कारागारमा ३५ पुरुष र १० महिला गरी ५० को क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ कैदीबन्दी रहेका छन् ।