२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधार गृहमा कैदीबन्दीलाई समस्याको चाङ



अ+ अ-

स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारमा क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागारका प्रमुख चुडामणि भण्डारीले बताउनुभयो । पचास जनाको क्षमता भएको कारागारमा हाल १५७ कैदीबन्दी राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाईंले पानीको समस्याले गर्दा सरसफाइमा समेत समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ यति धेरै कैदीबन्दी छौँ, तर शौचालय जाँदा लाइन लगाएर बस्नुपर्ने बाध्यताले गर्दा निकै समस्या भएको छ ।” शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

अर्का कैदीबन्दी दिनेश गुरुङले भन्नुभयो, “कारागारमा आफूहरुले धेरै समस्या भोग्दै आएका छौँ, पानी र शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था छ ।” कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेका र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

उहाँले कैदीबन्दी बिरामी हुँदासमेत सवारीसाधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताउनुभयो । कारागारमा रहेका कैदीबन्दीले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिस आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् । कारागारमा ३५ पुरुष र १० महिला गरी ५० को क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ कैदीबन्दी रहेका छन् ।