१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी



अ+ अ-

झापा। झापा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ ।

नेपाल–भारत मैत्री सङ्घ कोसी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको आजको खेलमा भारतकै दुन हेरिटेज सिलिगुडीलाई आठ विकेटले पराजित गर्दै सिक्किम स्पोर्टिङ क्लबले सहज जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनाएको थियो । जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

सिलिगुडीका लागि ह्याप्पी सरकारले १५ रन बनाइन् भने सिक्किमकी मारियन सुब्बाले चार ओभरमा केवल आठ रन खर्चिएर २ विकेट लिनुभएको थियो ।

ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले २१ रन, प्रमिला क्षेत्रीले १४ रन बनाइन् । प्लेयर अफ द म्याच सिक्किमकी मारियन सुब्बा भइन् ।

समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । साथै फाइनल खेल शनिबार हुने नेपाल–भारत मैत्री सङ्घ झापाका खेलकुद संयोजक गौरव सुब्बाले बताउनुभयो ।  रासस