१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश



अ+ अ-

काठमाडौँ। श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारी तत्काल कामबाट नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

श्रम अदालतका अध्यक्ष जनक पाण्डे, सदस्यद्वय शैलेन्द्रकुमार चौरसिया र कुमारी खरेलको इजलासले श्रमिकलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा भनिएको छ, “निजहरुको पारिश्रमिकको बजेट आर्थिक वर्ष २०८२÷८३ सम्मका लागि पारित भइसकेको तथा यी पदमा स्थायी नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको मिसिल संलग्न प्रमाण कागजबाट देखिँदा स्थायी नियुक्ति प्रक्रियालाई नरोकिने गरी प्रस्तुत मुद्दाको अन्तिम फैसला नहुँदासम्म निवेदकलाई निजहरुले गरी आएको कामबाट नहटाउनु, निरन्तरता दिनू ।”

आफूहरुलाई रोजगारबाट हटाउने निर्णय बदर गर्न माग गर्दै सुनिल चन्दले मुद्दा दर्ता गर्नुभएको थियो । परिषद् व्यवस्थापनले २०८२ माघ २५ गतेदेखि कामकाज गर्न नदिएर हटाएको थियो ।

यसअघि, अदालतबाट गत फागुन १२ गते अल्पकालीन आदेश भएको थियो । सोही आदेशलाई आज निरन्तरता दिइएको हो । परिषद्मा २०७३ सालदेखि विभिन्न समयमा ५४ अस्थायी करारका कर्मचारी कार्यरत थिए । त्यसमध्ये तत्कालीन व्यवस्थापनले १४ जनालाई मात्रै हटाएको थियो । रासस