१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धबारे वार्तामा इरान गम्भीर हुनुपर्ने ट्रम्पको भनाइ



अ+ अ-

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ।

इजरायलले इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डरलाई मारेको भन्दै युद्धको सुरुवातदेखि नै ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्ग अवरूद्ध गरिएको थियो । यो परिस्थितिका लागि अमेरिका र इजरायल ’प्रत्यक्ष जिम्मेवार’ रहेको इरानले बताएको छ भने हर्मुज जलमार्गको अवरूद्धताले विश्वव्यापीरूपमा आर्थिक प्रभाव पार्ने भएपछि राष्ट्रपति ट्रम्पले वार्तामा संलग्न हुन इरानलाई सुझाव दिनुभएको हो ।

हर्मुज क्षेत्रको अधिकांश भाग रहेको इरानसँग अमेरिकाले शान्ति योजना प्रस्ताव गरेको बताइएको छ तर इरानले यसका लागि सहमत नभएको बताइरहेको छ।

पाकिस्तानका शीर्ष कूटनीतिज्ञले बिहीबार वार्ताको पुष्टि गर्दै इस्लामाबादले ‘अमेरिका–इरान अप्रत्यक्ष वार्ता’ को मध्यस्थता गरिरहेको र तेहरानले १५ बुँदे अमेरिकी योजनालाई ‘छलफल’ गरिरहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “धेरै ढिलो नगरिकन उनीहरू चाँडै गम्भीर हुनु राम्रो हुन्छ ।” अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानको ‘सैन्य संरचना नष्ट गरिएको र फेरि यो अवस्थामा फर्कने कुनै सम्भावना नभएको’ चेतावनी दिनुभएको छ।

इरानका उच्च कूटनीतिज्ञले बुधबार ट्रम्प प्रशासनसँग ‘वार्ता’ भएको कुरा ठाडै अस्वीकार गरे पनि ‘मित्र देशहरू’ मार्फत सन्देशहरू आदानप्रदान भइरहेको स्वीकार गरे।

“अहिले हाम्रो नीति नै प्रतिरोधको निरन्तरता हो,” विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै भन्नुभएको छ।

इस्लामाबादलाई छिमेकी इरान र संयुक्त राज्य अमेरिका दुवैसँग लामो समयदेखिको सम्बन्ध र क्षेत्रीय सम्पर्कको नेटवर्कका कारण मध्यस्थकर्ताको रूपमा हेरिएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले ‘भाइचारा राष्ट्रहरू’ टर्की, इजिप्ट र अन्य देशहरूले पनि यस प्रक्रियालाई सहयोग गरिरहेको बताएका छन् ।  (रासस/एएफपी)